अत्यधिक विषादीयुक्त ५.६ क्विन्टल टमाटर अत्तरियामा नष्ट, रोल्पाबाट ल्याइएको खुलेपछि कडा कारबाहीको चेतावनी

0 6
Oplus_0

३२ असार, कैलाली । अत्यधिक विषादी प्रयोग गरिएको ५.६ क्विन्टल टमाटरलाई कैलालीको अत्तरियामा नष्ट गरिएको छ । स्वास्थ्य र उपभोक्ता सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिएको यो टमाटर रोल्पाबाट कैलाली ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालय, कैलालीको समन्वयमा बजार अनुगमन टोलीले अत्तरियास्थित तरकारी बजारमा आकस्मिक निरीक्षण गर्दै टमाटरमा उच्च मात्रामा विषादी भेटिएको पुष्टि गरेपछि नष्ट गर्ने निर्णय गरिएको हो । अनुगमनका क्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) बाट प्रमाणित विषादी अवशेष परीक्षण उपकरण (पोर्टेबल किट) प्रयोग गरिएको थियो ।

स्वास्थ्यमा गम्भीर असर पार्ने देखिएको यो टमाटरको स्रोत रोल्पा रहेको खुलेको छ । कृषक तथा व्यवसायीहरूलाई चेतावनी दिँदै प्रशासनले अबदेखि विषादीको मात्रा मापदण्डभन्दा बढी पाए कारबाही गर्ने जनाएको छ ।

बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च लगायत सरोकारवाला निकायहरूको उपस्थिति थियो । उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा सुरक्षित खाद्य प्रणाली निर्माणका लागि नियमित अनुगमनलाई अझ कडाइका साथ अगाडि बढाइने जनाइएको छ ।

यसरी रोल्पाबाट अत्तरियामा पुगेको टमाटरमा अत्यधिक विषादी ५.६ क्विन्टल टमाटर फालिएको स्रोतले जनाएको छ । स्वस्थ्यमा खतरा देखिएपछि बजारमै टमाटर नष्ट गरिएको बताइएको छ ।

सम्बन्धित
Loading...