जनगणतन्त्र अधुरो रहनुमा प्रचण्ड–बाबुरामको गद्दारी: गजुरेल

0 8
Oplus_0

८ साउन २०८२, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले हालको गणतन्त्रलाई ‘बुर्जुवा गणतन्त्र’ भन्दै कडा रुपमा विरोध गरेका छन् ।

गजुरेलले ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पुँजीपति, दलाल र नोकरशाही वर्गको अधिनायकत्वमा रहेको वर्तमान गणतन्त्रले देश र जनताको हित गर्न नसक्ने जिकिर गरे । उनले देशमा बहस भइरहेको ‘गणतन्त्र’ वास्तवमा जनगणतन्त्र नभई बुर्जुवा सत्ताको निरन्तरता हो भन्ने दाबी गरेका छन् ।

गजुरेलले स्पष्ट रूपमा भने-हाम्रो लडाइँ यसप्रकारको गणतन्त्रको लागि थिएन । यसरी जनगणतन्त्रकाे सपना बोकेर सशस्त्र संघर्षमा होमिएका थियौं । तर पुष्पकमल दाहाल ´प्रचण्डर` बाबुराम भट्टराईले गद्दारी गरेकाले त्यो सपना अधुरो रह्यो ।

उनले वर्तमान सत्ता संरचना  दलाल पूँजीपति वर्गको नियन्त्रणमा रहेको उल्लेख गर्दै भने नेपाली कांग्रेसको एजेन्डामै प्रचण्ड र बाबुराम अझै पनि हिँडिरहेका छन् । साथै, उनीहरूको अवसरवादी र समर्पणवादी प्रवृत्तिले जनगणतन्त्रको मार्ग अवरुद्ध भयोको बताए ।

गजुरेलको अभिव्यक्तिले पुनः क्रान्तिकारी धारको आवाजलाई तीव्रता दिएको छ, जसले हालको व्यवस्थामाथि गहिरो प्रश्न उठाउँदै विकल्पको बहस अगाडि सारेको छ ।

सम्बन्धित
Loading...