तिखाकुना खोलाको बाढीले सडक बगायो, आवतजावत पूर्णरूपमा ठप्प

0 5

१५ साउन, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–५ स्थित तिखाकुना खोलामा आएको भीषण बाढीले आज राति सडक बगाएपछि स्थानीय आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ ।

स्थानीय स्रोतका अनुसार राति करीब २ बजे खोलामा आएको आकस्मिक बाढीले मुख्य सडकको एक भाग पूरै कटान गरेपछि सवारीसाधन र पैदल यात्रुहरूको ओहोरदोहोर ठप्प भएको हो । बाढीले सडकसँगै आसपासका केही खेतीयोग्य जमिन र पक्की नाली समेत क्षतिग्रस्त बनाएको छ ।

सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरू आवतजावत र अत्यावश्यक कामका लागि वैकल्पिक बाटो खोज्न बाध्य भएका छन् । विद्यालय जाने बालबालिका र बिरामी बोकेर अस्पताल जानेहरू विशेष प्रभावित भएको बताइएको छ ।

स्थानीय जनप्रतिनिधिहरू र सुरक्षा निकाय बेखबर बनेका छन् । यसको वैकल्पिक व्यवस्थाका लागि पहल थालिएको स्रोतले बताएको छ । यसरी जिल्ला प्रशासन कार्यालयले जोखिम क्षेत्रको अवलोकन गरिरहेको र आवश्यक निर्णय शीघ्र लिइने जनाएको छ । जेसुकै भएपनि विकल्प खोज्ने कुरा विलम्ब गरिएको देखिन्छ ।

सम्बन्धित
Loading...