देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

0 5
Oplus_0

१८ साउन, काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै लगातार वर्षा भइरहेको छ । मौसम विभागका अनुसार आगामी केही दिनसम्म देशका अधिकांश भागमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

केही समयपछिको वर्षाले राहत महशुस भएको छ । साथै, किसानहरु रोप्न बाँके रहेको खेतबारी रोप्ने काममा व्यस्त रहनेछन् । तर, यदाकदा वर्षाको कारण बाढी, पहिरो र डुबानका समस्याहरु रहनेसमेत स्रोतले जनाएको छ ।

पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेकोले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसमविद्हरूले विशेष गरी रातको समयमा हुने भारी वर्षाले पूर्वाधार, यातायात तथा कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने बताएका छन् ।

सरकार तथा स्थानीय प्रशासनले सतर्कता अपनाउँदै जोखिमयुक्त स्थानहरूमा निगरानी बढाएको जनाएको छ । यात्रुहरूलाई यात्रा गर्नुअघि मौसम जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

सम्बन्धित
Loading...