क्यान्सर पीडित दिनेश न्यौपानेको जीवन रक्षाका लागि सहयोगको अपिल

0 17
Oplus_0

२२ साउन, काठमाडौं । २७ वर्षीय दिनेश न्यौपाने, जो हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौंमा ब्लड क्यान्सरको उपचार गराइरहनुभएको छ । यसरी गम्भीर स्वास्थ्य संकटसँग जुधिरहेका छन् । साविक अछाम जिल्ला तुर्माखाद–०६, रानीवनका स्थायी बासिन्दा तथा हाल लम्किचुहा–०२, कैलालीमा बसोबास गर्दै आएका दिनेशको आर्थिक अवस्था अत्यन्तै कमजोर छ ।

डाक्टरहरूले ब्लड क्यान्सरको पुष्टि गरेपछि सुरु गरिएको उपचार अत्यन्त महँगो भएको र परिवारले हालसम्मको खर्च आफ्नो स्रोतबाट व्यहोरे पनि अब थप उपचारका लागि सहयोगको खाँचो देखिएकोले जनसाधारण, संघसंस्था तथा दातृ मनहरूलाई सहयोगको हार्दिक अपिल गरिएको छ ।

देशको एक होनहार युवा दिनेशले समयमै उपचार पाउन सकेमा पुनः स्वस्थ जीवनतर्फ फर्कन सक्छन् भन्ने आशामा उहाँका परिवार र शुभेच्छुकहरूले सानो सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहनुहुने सहयोगीहरुले तल दिइएको विवरणमा रकम पठाउन सक्नुहुन्छ । यसरी खातावालाको नाम: कल्पना न्यौपाने,
सिद्धार्थ बैंक, लम्की शाखा, खाता नम्बर: 55503563718 र सम्पर्क नम्बर: 9864618664 रहेको छ ।

सम्बन्धित
Loading...