बर्दियामा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध ज्ञापनपत्र बुझाउँदै प्रदर्शन
बर्दियामा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध ज्ञापनपत्र बुझाउँदै प्रदर्शन
२४ साउन, बर्दिया । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति बर्दिया र वित्तीय उत्पीडनविरुद्ध महिला सञ्जाल बर्दियाको संयुक्त आयोजनामा आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।
कार्यक्रमको सुरुवात नाराबाजीसहित नगर परिक्रमा गर्दै गरिएको जुलुसबाट भएको थियो । जसले अन्ततः जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको जनाइएको छ । कोणसभामा बोल्दै महिला सञ्जालकी केन्द्रीय अध्यक्ष आसा सञ्जेलले लघुवित्त संस्था, बैंक, मिटरब्याजी र सहकारीहरूद्वारा गरिएका कालोसूचीकरण र धितो लिलामी तत्काल फुकुवा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिइन् ।
त्यसैगरी, वित्तीय उत्पीडनविरुद्ध महिला सञ्जाल बर्दियाकी अध्यक्ष मिना आचार्य र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति बर्दियाका अध्यक्ष खुमलाल थारुले पनि आफ्नो मन्तव्य राख्दै शोषणकारी वित्तीय संरचनाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।