नैतिकताको आधारमा सांसद रामहरि खतिवडाको राजीनामा

0 5
Oplus_0

२७ साउन, काठमाडौं । संसदमा आज उठेको प्रश्नलाई नैतिकताको तराजुमा तोल्दै सांसद रामहरि खतिवडाले तत्काल प्रभावका लागि राजीनामा दिएका छन् । यसरी राजनीतिक जीवनमा नैतिक जिम्मेवारीलाई व्यवहारमा उतार्ने दुर्लभ उदाहरण प्रस्तुत गर्दै खतिवडाले आफ्नो पद त्यागको घोषणा गरेका हुन् ।

संसदीय छानबिन विशेष समितिले खतिवडाबाट परिभाषित जिम्मेवारी निर्वाहमै कमजोरी गरेको भनेर औंल्याएको छ । विधेयकको परिमार्जित मस्यौदा प्रतिवेदन राज्य व्यवस्था समितिका सदस्यहरूलाई नदेखाई अगाडि बढाएको भनेर खतिवडामाथि गम्भीर प्रश्न उठाएको हो । यसकारण खतिवडाप्रति प्रश्न उठेको थियो ।

संसदमा छलफल भइरहेका बेला नै राजीनामाको निर्णय सार्वजनिक गरेका उनले भने -जनताले दिएको विश्वास र पदको गरिमा बचाउन नै यो मेरो कदम हो । यसरी राजनीतिक वृतमा प्रचलित पदमै टिकी रहने प्रवृत्तिबीच खतिवडाको यो कदमलाई धेरैले सकारात्मक संकेतका रूपमा लिएका छन् ।

विशेषज्ञहरूले यसलाई लोकतान्त्रिक संस्कृतिमा नैतिक उत्तरदायित्वको पुनःस्थापनाको प्रयासका रूपमा व्याख्या गरेका छन् । संसदको वातावरण भने क्षणभर गम्भीर र स्तब्ध बनेको थियो ।

सम्बन्धित
Loading...