विदेश अध्ययन परामर्शदातालाई कारबाहीको तयारी: चितवन प्रशासनले माग्यो अनुमति पत्र

0 15

२३ साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण प्रदान गर्ने संस्थाहरुलाई तीन दिनभित्र अनिवार्य अनुमति लिएर सञ्चालनमा आउन अल्टिमेटम दिएको छ ।

यसरी गृह मन्त्रालय अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन र गत २०७८ सालको परिपत्र अनुसार अनुमति विना सञ्चालनमा रहेका संस्थाहरूलाई प्रशासनले चेतावनी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय, चितवनले बिहीबार एक सूचना जारी गर्दै यस्तो निर्णयको जानकारी दिएको हो । सूचनामा भनिएको छ- तीन दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क नगरे कारबाही प्रक्रिया अघि बढाइनेछ ।

सूचनामा उल्लेखित ४५संस्था मध्ये अधिकांश भरतपुरमा रहेका छन् भने केही नारायणगढ र कमलनगर लगायत स्थानमा छन् । यसरी सूचीकृत संस्थाहरूले विदेश अध्ययनको परामर्श, भाषा तयारी कक्षा, आइएल्टिएस, पीटीई, टोफेल, जापानी भाषा, लगायतका प्रशिक्षणहरू दिँदै आएका छन् ।

प्रशासनले अनुमति विना शैक्षिक संस्था सञ्चालन गर्नु गैरकानुनी भएको र यस्तो कार्यले विद्यार्थीलाई भ्रममा पार्ने भन्दै सचेत रहन समेत आग्रह गरेको छ । विद्यार्थी तथा अभिभावकहरूलाई प्रमाणित तथा अनुमतिप्राप्त संस्थाबाट मात्रै सेवा लिन आग्रह गरिएको छ ।

 

सम्बन्धित
Loading...