नागरिक उन्मुक्तिमा नेतृत्व विवाद : आयोगको मान्यता रञ्जिता श्रेष्ठकै पक्षमा

0 7
Oplus_0

२८ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा देखिएको विवादमा निर्वाचन आयोगले रञ्जिता श्रेष्ठकै पक्षमा मान्यता दिएको छ ।

पार्टी संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गर्दै रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको जानकारी आयोगमा पठाएका थिए । तर, मंगलबार राति अबेर भएको आयोगको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षको रूपमा मान्यता नदिइने ठहर गर्दै, रञ्जिता श्रेष्ठकै अध्यक्षता यथावत् रहने निष्कर्ष निकालिएको हो ।

रञ्जिता निकट एक नेताले भने-निर्णय राति अबेर भएको हो । यसरी पत्र आज मात्र आउला, त्यसपछि प्रतिक्रिया दिनेछौँ ।

यसअघि बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत रेशम चौधरीले नेतृत्व परिवर्तनको पहल गरेका थिए । तर आयोगको निर्णयसँगै नागरिक उन्मुक्तिमा हालको नेतृत्व निरन्तर रहने भएको छ ।

सम्बन्धित
Loading...