लामिछाने भैरहवा कारागारबाट स्थानान्तरण, समर्थकहरुक्को सडकदेखि कारागारसम्म नाराबाजी

0 5
Oplus_0

३१ साउन, काठमाडौं । आज रुपन्देही कारागारमा झण्डै पाँच महिना बिताएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज नख्खु कारागार सरुवा गरिएका छन् । उनलाई नेपाल आयल निगमको गेटबाट बाहिर निकालेर विशेष सुरक्षाबीच नख्खु कारागार ल्याइएको हो ।

लामिछानेलाई बुटवलबाट बुद्ध एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएपछि, सिधै नख्खु कारागारतर्फ लगिएको हो । कारागार व्यवस्थापन विभागको हिजोको निर्णयअनुसार उनलाई रुपन्देहीबाट स्थानान्तरण गरिएको हो ।

नख्खु पुग्नेबित्तिकै दृश्य फरक रह्यो । पार्टीका सांसददेखि साधारण समर्थकसम्म कारागार गेट अगाडि भेला भए । उनीहरूको हातमा नारासहितका आवाज थियो -यो प्रतिशोध हो, न्याय होइन । लामिछानेलाई कारागारको ढोकासम्म पुर्‍याउँदा नारा र आवाजले वातावरण तातिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा थिए । उनले कैद जीवनलाई सहज बनाउन जेठमै कारागार सरुवाको निवेदन दिएका थिए । आज आएर मात्र त्यो निवेदन कार्यान्वयन भएको हो ।

लामिछानेको स्थानान्तरणसँगै राजनीतिक चर्चा फेरि तातिएको छ । यसरी समर्थकहरू यसलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै सडकसम्म आवाज उठाइरहेका छन् भने सरकार निकट वृत्तले ‘सामान्य प्रशासनिक प्रक्रिया’ भन्दै व्याख्या गरिरहेको छ । तर, सडकमा उठेका स्वरले एउटा तथ्यलाई भने स्पष्ट देखाएको छ– लामिछाने अझै पनि आफ्ना मतदाताको आँखामा केवल अभियुक्त मात्र होइन, प्रतिरोधको प्रतीक बनेर उभिएका छन् ।

सम्बन्धित
Loading...