बर्दियामा अंजिर खेतीका लागि सम्भावना, आधुनिक प्रविधिको प्रयोग आवश्यक

0 8
Oplus_0

१ भाद्र, बर्दिया । बर्दिया जिल्लामा जन्जिर खेतीको राम्रो सम्भावना देखिएको छ । मधुवन नगरपालिका कृषि शाखा प्रमुख एकराज ओलीका अनुसार जिल्लाको माटो, भू–जल र वातावरण अंजिर उत्पादनका लागि अत्यन्त अनुकूल छन् ।

ओली भन्छन्- यदि किसानहरूले आधुनिक कृषि प्रविधि, पर्याप्त सिचाइ र व्यवस्थापकीय उपायहरू अपनाए बर्दियामा अंजिर खेतीले आर्थिक रूपमा निकै लाभदायी परिणाम दिन सक्छ । यो खेतीले स्थानीय कृषकहरूको आम्दानी बढाउने मात्र होइन, कृषि उत्पादनमा विविधता थप्ने अवसर पनि दिन्छ ।

स्थानीय कृषकहरूले भने- हामीले परम्परागत तरिकाले खेती गर्दै आएका छौं । अंजिर जस्तो उन्नत फसल लगाएर आम्दानी बढाउने अवसर मिल्न सक्छ । तर सरकारको सहयोग र प्रशिक्षण आवश्यकता छ ।

अधिकारिहरूले कृषकहरूलाई बीउको गुणस्तर सुधार, सिंचाइको उचित व्यवस्थापन र बजारसँग जोडिने रणनीतिहरू अपनाउन सुझाव दिएका छन् । मधुवन नगरपालिकाले आगामी समयमा कृषक प्रशिक्षण कार्यक्रम र प्राविधिक सहयोग उपलब्ध गराउने योजना बनाएको छ ।

विशेषज्ञहरूका अनुसार, अंजिर खेतीले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सक्छ । साथै, अन्तर्राष्ट्रिय बजारमा बर्दियाका उत्पादनलाई चिनाउने अवसर पनि प्रदान गर्न सक्छ ।

सम्बन्धित
Loading...