भारतीय विदेश सचिव नेपाल आए, प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिए

0 15
Oplus_0

१ भदौ, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आज विशेष विमानमार्फत नेपाल आइपुगेका छन् । उनको भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ अन्तिम साता हुने भारत भ्रमणको औपचारिक निमन्त्रणा गर्नु र सम्बन्धित एजेन्डाबारे छलफल गर्नु हो ।

सूत्रका अनुसार, मिस्री बिहान ९ बजे नेपाल आइपुग्ने बित्तिकै सिधै बालुवाटार पुगेका थिए र प्रधानमन्त्री ओलीसँग भेटघाट सम्पन्न गरे । त्यसपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

मिस्रीको भ्रमण तालिकाअनुसार उनी त्यसपछि बुढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नेछन् । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा छलफल हुनेछ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग द्विपक्षीय भेटवार्तापछि मिस्री र सचिव राईको संयुक्त बैठक हुनेछ ।

स्रोतका अनुसार, द्विपक्षीय बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि छलफल हुने छ । यसरी स्रोतका अनुसार आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।

विदेश सचिव मिस्रीले भदौ २ गते पशुपतिनाथ दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ । यसरी प्रधानमन्त्री ओली भारत भ्रमण अघि भदौ १४ गते चीन जाने कार्यक्रम रहेको छ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुने तालिका तय गरिएको बताइएको छ ।

सम्बन्धित
Loading...