चारुमति स्फूतमा नेपाल रेडक्रसको नियमित रक्तदान कार्यक्रम सम्पन्न

0 6
oppo_2

२ भाद्र, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी चाबहिल–पशुपति–बौद्ध उप–शाखाले आज चारुमति स्तुफामा आयोजना गरेको नियमित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यसरी कार्यक्रममा स्थानीय बासिन्दा, स्वयंसेवक तथा रक्तदाताको सक्रिय सहभागिता रहेको उप–शाखाले जनाएको छ ।

उप–शाखाले विगत लामो समयदेखि प्रत्येक सोमबार बिहान ११:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस निरन्तर अभ्यासले राजधानीका अस्पताल र उपचार केन्द्रमा हुने रगत अभाव कम गर्न उल्लेखनीय सहयोग पुर्‍याएको बताइन्छ ।

कार्यक्रमका क्रममा बोल्दै रेडक्रस उप–शाखाका प्रतिनिधिहरूले नियमित रक्तदानलाई समाजको साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए । उनका अनुसार एक थोपा रगतले जीवन बचाउन सकिन्छ । त्यसैले निरन्तर रक्तदान कार्यक्रममार्फत समुदायलाई सचेत र सक्रिय बनाउन प्रयास भइरहेको छ ।

यसरी नियमित रक्तदाता तथा नयाँ स्वयंसेवकहरूको संख्या बढ्दै जानु रेडक्रसका लागि सकारात्मक उपलब्धि भएको आयोजक समितिको भनाइ छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानलाई मात्र नभई आपतकालीन राहत स्वास्थ्य सचेतना र सामुदायिक सेवा अभियानलाई पनि निरन्तर अगाडि बढाइरहेको छ ।

सम्बन्धित
Loading...