कलंकीबाट कोचिङ जान निस्केका किशोर सम्पर्कविहीन, परिवार चिन्तित
६ भदौ, काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रबाट कोचिङ कक्षा जान निस्केका एक किशोर हालसम्म घर फर्किन नसकेपछि परिवार आत्तिएको छ । परिवारका अनुसार १५ वर्षीय नवीन ढकाल भाद्र ३ गते बिहान करिब ५ बजे कोचिङ जान्छु भनी घरबाट निस्केका थिए। तर त्यसयता उनी सम्पर्कविहीन भएका छन् ।
नवीनका पिता प्रेमप्रसाद ढकालले छोराको अवस्था अज्ञात रहेको भन्दै खोजी कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्। उनले भने -नवीन ३ गते बिहानदेखि सम्पर्कमा छैन। कतै देख्नुभयो भने नजिकको प्रहरी चौकी वा ९७६२७६१८३८ मा खबर गरी दिनुहोला । यो नवीनका पिताको अनुरोध हो ।
नवीन हराएको घटनाबारे परिवारले प्रहरीमा समेत जानकारी गराइसकेको र खोजी कार्य जारी रहेको बताइएको छ । यस सम्बन्धमा जो–कोहीले नवीन ढकाल देखे वा उनको बारेमा जानकारी प्राप्त भएको खण्डमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।