विद्यादेवी भण्डारीले बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरिन्

0 3
Oplus_0

७ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आइतबार बानेश्वर–थापागाउँस्थित चौरमा नयाँ सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा एमालेका शीर्ष नेताहरुको बाक्लो उपस्थिति देखिएको थियो । वरिष्ठ नेता ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य युवराज ज्ञवाली कार्यक्रममा सहभागी भए ।

उद्घाटन समारोहको व्यवस्थापन पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको समितिले गरेको थियो । यसरी कार्यक्रममा पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल, पूर्वसांसद विकास लम्साल, स्थायी समिति सदस्य कर्ण थापा, युवा तथा विद्यार्थी नेता प्रकाश पौडेल र सुमन पुरीलगायत उपस्थित थिए ।

त्यस्तै, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वमन्त्री युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, विदुर नगरपालिकाका पूर्वउपमेयर मैनाली, सांसद सरिता न्यौपाने, पत्रकार नेता राजेश राई र युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेतलगायत पनि सहभागी भएका थिए ।

यसरी एमाले निकट कार्यकर्ताले कार्यक्रमलाई मदन भण्डारीको हीरक जयन्ती व्यवस्थापन समितिको निरन्तरताका रुपमा व्याख्या गरेका छन् ।

सम्बन्धित
Loading...