सामाजिक सञ्जाल दर्ता अनिवार्य, नभए बन्द हुने : मन्त्री गुरुङ

0 7
Oplus_0

१२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई दर्ता अनिवार्य हुने चेतावनी दिएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को निर्णयअनुसार सात दिनभित्र दर्ता प्रक्रिया पूरा नगर्ने सञ्जाल बन्द गरिने स्पष्ट पारे। यसरी अघिल्लो पटक पनि बारम्बार दर्ता गर्न आग्रह गरिसकेका थियौँ । तर अझै केही सामाजिक सञ्जालले तोकिएको कानुनी प्रक्रिया पूरा गरेका छैनन् । उनले भने- यो अन्तिम म्याद दिएको छ । अब दर्ता नगरे बन्द हुने बताए ।

यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाउन सात दिनभित्र सूचना तथा सञ्चार मन्त्रालयमा सूचीकरण गर्ने निर्णय गरेको थियो । यसैगरी मन्त्रालयले सार्वजनिक आह्वान समेत गरिसकेको छ ।

सरकारले यसपटक कडाइ अपनाउन लागेको संकेत स्पष्ट भएको छ । फलस्वरूप फेसबुक, युट्युब र टिकटकलगायत ठूला सञ्जालदेखि सानासाना डिजिटल प्लेटफर्मसम्म नेपालमा वैधानिक दर्ताको दबाबमा परेका छन् ।

सम्बन्धित
Loading...