मेयर बालेनको प्रधानमन्त्रीलाई आग्रह : लिपुलेक हाम्रो भूमि भनेर सम्झाउनुस्
१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको अवसरमा लिपुलेक नेपालको भूमि भएको कुरा स्पष्ट गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान गरेसँगै मेयर साहले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश राख्दै भनेका छन् -लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने विषयमा भारत-चीनको सहमति हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण हो । यो हाम्रो भूमि हो भन्ने कुरा चीनलाई स्पष्ट रुपमा स्मरण गराउन नबिर्सिनुहोस् ।
मेयर साहले विश्वास व्यक्त गर्दै लेखेका छन्- हामी तपाईमाथि पूर्ण भरोसा राख्छौं । नेपालको भूस्वाधीनताको रक्षा तपाईंको जिम्मेवारी हो ।
उनको यो आग्रहले चीन भ्रमणको अवसरमा नेपालको राष्ट्रिय स्वामित्व र भू-राजनीतिक हितलाई प्राथमिकतामा राख्न जोड दिएको छ । यसले देशको सीमामाथि नागरिकको गहिरो चिन्ता पनि प्रतिबिम्बित गर्दछ