उखु किसानको चेतावनी: भदौ २५ देखि राजमार्ग बन्द गर्ने घोषणा
१४ भदौ, काठमाडौं । सरकारको बेवास्तासँग थकित उखु किसानहरूले अब मौन बस्ने योजना छैन । उखु उत्पादक महासंघ नेपाल र जिल्लास्तरीय संघहरूले शनिबार संयुक्त बैठकमा भदौ २५ देखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने निर्णय गरे ।
महासंघले स्पष्ट पारेको छ कि आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सरकार, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयले लिनुपर्छ । उनीहरूले बाँकी रहेका अनुदान रकम तुरुन्त भुक्तानी गर्न, उखुको मूल्य निर्धारणमा किसान प्रतिनिधि अनिवार्य सहभागी हुन र आन्दोलनपछि सुरक्षित रूपमा घर र खेतमा फर्किने वातावरण सुनिश्चित गर्न सरकारसँग माग राखेका छन् ।
यसरी पटकपटक विगतमा सहमति भए । परन्तु, किसानहरूको समस्या समाधान भने भएन । यस स्थितिमा किसानहरु अन्तिम निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । उनीहरूको चेतावनी छ-हामीले धैर्य गुमाइसकेका छौं । अब सडक बन्द गर्नुपर्ने बाध्यता छ ।
यसरी उखु किसानहरुको आन्दोलनले समग्र किसान आन्दोलनको रुपमा विकास भएको खण्डमा स्थिति फरक हुने आकलन गरिएको छ ।