बालेन शाहमाथि अवहेलनाको मुद्दा : आज सर्वोच्चमा सुनुवाइ

0 8
Oplus_0

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध चलिरहेको अवहेलनाको मुद्दा आज सर्वोच्च अदालतमा सुन्ने तयारी भएको छ ।

अधिवक्ता दीपकराज जोशीले शाहले अदालतको आदेशविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै १ भदौ २०७९ मा दायर गरेको मुद्दामा यसअघि प्रारम्भिक सुनुवाइ भइसकेको छ । आज न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा दोस्रोपटक मुद्दा बहसमा आउनेछ ।

यसअघि अदालतको आदेशविरुद्ध शाहले दिएको भनाइ विवादमा परेपछि कानुनी कारबाहीको माग गर्दै निवेदन पेस भएको थियो । यसरी कानुनविद्हरूका अनुसार आजको सुनुवाइपछि फैसला पनि सम्भव हुने देखिन्छ ।

सम्बन्धित
Loading...