जेनजी प्रदर्शन : प्रहरीले चलायो गोली, प्रशासनद्वारा कर्फ्यू आदेश जारी
२३ भदौ, काठमाडौं । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।
संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिरिएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए ।