प्रधानमन्त्री ओलीको चेतावनी : ´जेनजी`को नाममा समाज भड्काउने प्रयास अस्वीकार्य, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन

0 6
Oplus_0

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई हेप्ने वा समाजलाई भ्रमित पार्ने कुनै पनि गतिविधि सहन नहुने बताएका छन् । उनले ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता प्रश्नमा एमाले कहिल्यै सम्झौतामा नजाने स्पष्ट गरे ।

उनले पछिल्लो समय ‘जेनजी’ पुस्ताको नाममा समाजलाई भड्काउने, विभाजन र असन्तोष फैलाउने प्रवृत्ति देखिएको दाबी गर्दै भने जेनजी पुस्ता देशलाई माया गर्छ । कसैले पनि उनीहरूको नाममा समाज भड्काउने अधिकार राख्दैन । यसरी राष्ट्रियता कविता वा छन्द होइन, क्षणिक स्वार्थ त झन् होइन, यो त बलिदानको परिणाम हो ।

सामाजिक सञ्जाल र कानुनी व्यवस्थाको सवालमा पनि ओलीले कडा प्रहार गर्दै भने नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन । चार जनाको रोजगारीभन्दा ठूलो विषय देशको स्वाधीनता हो । कानुन, संविधान, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान नमान्ने प्रवृत्ति कहिल्यै स्वीकार्य हुँदैन ।

प्रधानमन्त्री ओलीले हालका केही कथित बुद्धिजीवीहरूले समाजलाई गलत दिशामा लैजाने काम गरिरहेको आरोप लगाउँदै, स्वतन्त्र विचारको नाममा गैरजिम्मेवार ढंगले अभिव्यक्ति फैलाउने प्रवृत्ति खतरनाक भएको बताए ।

त्यसैगरी, उनले असमानता अन्त्य र विभेद कम गर्ने आफ्नो पार्टीको नीतिलाई स्मरण गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित “मिसन ८४” सफल पार्न छलफलसहित अघि बढिरहेको उल्लेख गरे ।

ओलीले अन्तिममा जोड दिए, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ । यसर्थ स्वाभिमानकै जगमा स्वतन्त्रता टिक्छ । त्यसैले नेपाललाई हेप्ने र नेपाली जनतालाई भ्रमित पार्ने कुनै पनि प्रयास असफल हुनेछ ।

सम्बन्धित
Loading...