रुपन्देहीमा विद्यार्थी आन्दोलन: सडक बन्द र ट्रायर जलाएर विरोध

0 4
oppo_2

२४ भदौ, रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना-६ कलोनी चोकमा विद्यार्थीहरुले ट्रायर जलाएर सडक बन्द गरिरहेका छन् । साथै, प्रदर्शनकारीहरुले चक्काजाम समेत गरेका छन् । जसका कारण यातायात समेत प्रभावित भएको छ ।

विद्यार्थीहरुले सरकार र राज्यसत्तामा रहेका संसदीय राजनीतिक दलहरुको बेवास्ता र क्रान्तिकारी दल वा समूहहरुको निष्क्रियतालाई लिएर आफ्नै संघर्षको संकेत दिएका छन् । यस आन्दोलनलाई युवाहरुको अन्तिम र निर्णायक कदमको रूपमा व्याख्या गरिएको छ ।

स्थानीय स्रोतका अनुसार आन्दोलन शान्तिपूर्ण देखिए पनि, आग्जनी, ताडफाेड र सडक अवरुद्ध भएको र प्रशासनले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको छ । प्रदर्शनकारी विद्यार्थीले आगामी दिनमा आफ्नो माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

सम्बन्धित
Loading...