यथास्थितिबाट प्रतिगमनतिरको यात्रा : साम्राज्यवादी रणनीतिमा नयाँ प्रधानमन्त्री

0 4
Oplus_0

२८ भदौ, काठमाडौं । नेपालको राजनीति पुनः एक जटिल र निर्णायक मोडमा प्रवेश गरेको छ । यही भदौ २३ गते जेनजी पुस्ताले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध विरुद्ध सुरु गरेको आन्दोलनले सुरुवातमा व्यापक ध्यान तान्यो । तर, आन्दोलनको एजेन्डा भ्रष्टाचारविरोधमै सीमित हुँदा राष्ट्रियताको प्रश्न र आमूल परिवर्तनका मुद्दा पृष्ठभूमिमा धकेलिन पुगे ।

आन्दोलनकै छायामा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीको पदमा आरोहण गरिन् । विश्लेषकहरूका अनुसार उनले आफ्नो नेतृत्वलाई “जेनजी आन्दोलनको उत्पादन” का रूपमा अघि सारेकी छन् । तर, वास्तविकतामा साम्राज्यवादी शक्तिहरूको दीर्घकालीन रणनीतिअनुसार नै उनको प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गरिएको ठहर गरिएको छ ।

यसरी नेपाल अहिले संसदीय निरंकुशताको खतरनाक चरणबाट प्रतिगामी दिशातर्फ धकेलिएको छ । यसरी यथास्थितिको मौजुदा स्वरूपले प्रतिगमनको बाटो समातेको स्पष्ट देखिन्छ । राजनीतिक विश्लेषकहरू भन्छन्, -आन्दोलनको आवरणमा पुरानो शक्ति संरचना झन् मजबुत हुँदै गएको छ । जसले जनताका ऐतिहासिक आकांक्षालाई निष्क्रिय पार्ने खतरा बढाएको छ ।

नेपालमा आमूल परिवर्तनका सवालहरू पुनः एकपटक पृष्ठभूमिमा हराउँदै जाँदा देश प्रतिगमनको ओरालोतर्फ धकेलिएको चेतावनी प्रस्ट हुँदै गएको छ ।

सम्बन्धित
Loading...