जनमत चोरी र भ्रष्टाचारविरुद्ध भारतमा आन्दोलन तीव्र
२८ भदौ, दिल्ली । भारतमा नक्कली मतदाता खडा गरी जनमत चोरी गरिएको आरोपका कारण देशव्यापी आक्रोश चुलिएको छ । यसैसँगै व्यापक भ्रष्टाचारविरुद्ध आन्दोलन तीव्र बनेको छ ।
राजधानी दिल्लीसहित विभिन्न सहरमा युवापुस्ता र नागरिक समाज सडकमा उत्रिएर शुद्ध लोकतन्त्र र पारदर्शी शासनको माग गरिरहेका छन् । उनीहरूले जनमत अपहरणलाई लोकतन्त्रमाथिको प्रत्यक्ष आक्रमण भन्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।
यसरी भारतमा मोदी सरकारका विरुद्ध चुनावी प्रक्रियामा कमिसन लिने र दिने संस्कृतिको विकास गरेको भन्ने राहुल गान्धीले जिकिर गरेका छन् । उनले स्वच्छ चुनावी प्रक्रिया ध्वस्त पारेको आरोप लागेको छ । उनले थपे भारतका प्रधानमन्त्री भाेट चोरी गरेर प्रधानमन्त्री बनेको समेत आरोप लगाएका छन् । साथै, योग्य मानिस पराजित हुने गरेको छ ।
विशेषज्ञहरूको भनाइमा भारतमा सुरु भएको यो भ्रष्टाचारविरोधी आन्दोलन मात्र सीमित रहने छैन, बरु यससँगै स्वाधीनता र आत्मनिर्णयका सवाल उठाउँदै विश्वव्यापी आन्दोलनको रूप लिन सक्ने संकेत देखिएको छ ।