नारायणघाट सडक खण्डमा पहिरो, आवतजावत ठप्प
७ असोज, काठमाडौं । नारायणघाट सडक खण्डमा ठूलो पहिरो खस्दा आवतजावत ठप्प भएको छ । मंगलबार बिहानै परेको लगातार वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन दुबै तर्फ थुनिएका छन् ।
सडक अवरुद्ध भएपछि यात्रुहरु बीचमा अलपत्र परेका छन् भने स्थानीयलाई समेत आवतजावतमा समस्या भएको छ । जेसीबी र डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको भए पनि अझै सडक सुचारु हुने सम्भावना देखिएको छैन ।
यातायात सेवा ठप्प हुँदा आपूर्ति व्यवस्थामा समेत असर पर्न थालेको छ । तर, यस्तो गम्भीर अवस्थापनि सरोकारवाला निकायहरु चुपचाप बसेको भन्दै यात्रु र स्थानीयहरुले असन्तुष्टि जनाएका छन् ।
स्थानीय प्रशासन र सडक विभागले तत्काल पहल नगरे ठूलो दुर्घटना हुने जोखिम बढेको चेतावनी विशेषज्ञहरुले दिएका छन् ।