एमसीसी सम्झौताका विरुद्ध २२ गते अन्तरक्रिया र २३ गते विरोध प्रदर्शन हुँदै

0 472

बर्दिया । एमसीसी सम्झौता र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चद्धारा यहीँ मंसिर २२ गते उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुेल, नेकपा(माओवादी केन्द्र)का नेता लिलामणि पोख्रेल,नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र वातोला र डा.सुर्यराज आचार्य लगायतका वक्ताहरु उपस्थित हुने भनिएको छ ।

साथै, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्धहरुको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध विरोध प्रर्दशन हुने भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाती एमसीसी सम्झौता सदनमा प्रस्तुत तथा पारित गर्ने षड्यन्त्र गरिरहेको ठहर गर्दै त्यसका विरुद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुको विरोध प्रदर्शनको तयारी गरेको हो ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुेलको प्रमुख आतिथ्यतामा बसेको जनवर्गीय तथा मोर्चाहरुको संयुक्त बैठकले मंसिर २३ गते दिनको १२ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Loading...