स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने

0 150

बर्दिया । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो।

सम्बन्धित
Loading...