महिला लघुवित्तले फुटबल प्रतियोगिता गराइ मनायो ग्लोबल मनि विक २०२५

0 126

नेपालगन्ज  । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी  प्रदेशको नेपालगन्जमा  ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक सहित फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

साथै महिला लघुवित्तले देशभर साताव्यापी रूपमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको हो।उक्त प्रतियोगितामा ४ वटा क्लवको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रथम वा च्याम्पियन हुने टिम राझाँ एफसी क्लवले नगद रु ५१५५र ट्र्फी प्रमाणपत्र,मेडल र उपविजेता टिम एन वाई सी क्लवले नगद रु २५२५ र ट्रफी, प्रमाणपत्र, मेडल लगायतका पुरस्कार वितरण गरिएको थियो । प्रत्येक विभिन्न उत्कृष्ट विधाका खेलाडी लाई समेत उचित पुरस्कारको व्यवस्था रहेको थियो ।

सााथै आठ जनालाई मायाको चिनो प्रदान गरिएको थियो । पशुपति युवा क्लवका अध्यक्ष कृष्ण परियार,नेपालगन्ज उप महानगर पालिका वडा नं. २० का सदस्य चक्र बिसी र ४ जना रेफ्री लगायत कार्यक्रममा सहजिकरण गरि योगदान पुर्याउनु भएकोमा पवन कडारा,राजिव सिंह लाई मायाको चिनो प्रदान गरिएको थियोे ।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको सोही संस्था का लुम्बिनी प्रदेश प्रमुख तिलकदत्त पन्तले जानकारी दिनुभयो ।

साथै, त्यहाँ उपस्थित एवं सहभागी माझ ग्लोबल मनी विकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पार्नु भएको थियो ।

सो कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्जका प्रमुख  अमर बहादुर सिंह , सुपरिवेक्षण तथा निरीक्षण कार्यालय बुटवलका प्रमुख   संजय कुमार चौधरी, शाखा कार्यालय बासगढीका प्रमुख लोकेन्द्र बहादुर बुढा, शाखा कार्यालय नेपालगन्ज र कोहलपुरका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

फुटबल प्रतियोगिताको पूरा विवरण यस प्रकार रहेको छ:-

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले ग्लोबल मनि विक २०२५ एक दिवसीय फुटबल प्रतियोगिता कार्यक्रम गरी मनाएको छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश प्रमुख तिलक दत पंत तथा सु नि का कार्यालय नेपालगन्जका प्रमुख अमर बहादुर सिंह को आयोजनामा फुटबल प्रतियोगिता कार्यक्रम गरी ग्लोबल मनि विक २०२५ मनाइएको छ।

नेपाल राष्ट्र बैंकले चैत ४ गतेदेखि १० गतेसम्म ग्लोबल मनी विक मनाउने आह्वान गरे अनुसार बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ माहिला लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश कार्यालयले पशुपति युवा कल्व खेलकुद मैदान मा आयोजना गरेको फुटबल प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उ म न पा वडा नं २० का वडा सदस्य चक्र बहादुर बि सी , बिशिष्ट अतिथि पशुपति युवा कल्वका अध्यक्ष कृष्ण परियार , प्रहरी बिट राझाका भुपाल सिंह ठकुरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त प्रतियोगितामा ४ टिम सहभागी रहेको मध्ये पहिलो खेल भेलेज हब क्लब र एन वाइ सि क्लब बिच तथा दोस्रो खेल सिटी स्पोर्टस क्लब र साझा एफ सि बिच भएको खेलमा जित हात पारेको एन वाइ सि क्लब र साझा एफ सि ले फाइनल खेल खेले।

फाइनल खेलमा एन वाइ सि क्लब र साझा एफ सि ले गोलरहित बराबरीमा रोकेको थियो साझा एफ सि टिमले पेनाल्टी गोलबाट जीत हासिल गरेको थिए । बिजेता टोलि लाइ नगद पुरस्कार रु ५१५५ र सिल्ड मेडल प्रदान गिरएको तथा उप बिजेता टोलि लाइ नगद रु २५२५ र मेडल प्रदान गरिएको आयोजक संस्थाका सु नि का प्रमुख संजय चौधरी ले जानकारि दिनु भयो।

‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ संचालन गरिएको कार्यक्रममा सहभागि प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि तथा उक्त कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका सम्पुर्णलाई उक्त संस्थाको लुम्बिनी प्रदेश प्रमुख तिलक दत पंत ले धन्यवाद ज्ञापन गर्दै प्रमाण पत्र र मायाको चिनो प्रदान गर्नु भएको आयोजक संस्थाका कर्मचारी बिनोद कुमार शाही ले जानकारि दिनुभयो।

सम्बन्धित
Loading...