राजापुरमा महिला लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बर्दिया । महिला लघुवित्त वित्तिय संस्था लिमिटेड राजापुर शाखामा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा यही चैत्र १८ गते देखि दुधराँस शाखाबाट शूरु भएको सो कार्यक्रम आज दोस्रो दिन राजापुर र श्रीगाउँमा सम्पन्न भएको छ । उक्त कार्यक्रम निरन्तर रुपमा संचालन भइरहेको सुनिका नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह ले जानकारी दिनुभयो ।
राजापुरको कार्यक्रममा ३९ केन्द्रका केन्द्र प्रमुख,उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको थियो । साथै सु.नि.का नेपालगन्ज प्रमुख अम्मर बहादुर सिंहले समग्र महिला लघुवित्तको हालको अवस्था बारे जानकारी गराउँदै कर्जाको सदुपयोग कसरी गर्ने ,सफल ब्यबसायी कसरी बन्ने ,र बचत गर्दा हुने फाईदा र धेरै संस्थाबाट कर्जा कारोबार गर्दा ग्राहक सदस्यलाई पर्ने नकारात्मक असर बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
सो कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख, उत्कृष्ट केन्द्रहरु लगायत ६ विधामा सहभागीलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
आज राजापुरमा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको उदघाटन गर्दै ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक नवीन थापा मगर ले यो संस्थाले महिलालाई स्वरोजगार उद्यमशिलतामा आत्मनिर्भर बन्न सहयोग पुर्याएको र वित्तीय संस्थाबाट कर्जा प्रयोग गर्दा हुने फाइदाबारे बताउनु भएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत सुनिका कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह, शाखा कार्यालय गुलरियाका प्रमुख आयुष न्यौपाने, शाखा कार्यालय राजापुरका प्रमुख बिष्णु प्रसाद चौधरी, कर्मचारी ईन्द्र प्रकाश चौधरी र रामी चौधरी को उपस्थिति रहेको थियो ।