कांग्रेसको बर्दिया अधिवेशन सम्पन्न र नयाँ कार्यसमिति विवादित, असन्तोष र वितृष्णा

0 10

बर्दिया । २७, चैत्र — नेपाली कांग्रेसको बर्दिया जिल्ला अधिवेशनपछिको कार्यसमिति विवादको केन्द्रमा आइपरेको छ । नवगठित कार्यसमितिले पार्टी संरचना र भातृ संस्थाहरूमाथि देखाएको हस्तक्षेप र निर्णय प्रक्रियामा अपनाएको एकपक्षीयताप्रति तीव्र असन्तोष एक प्रेस-विज्ञप्तिमार्फत सार्वजनिक भएको छ ।

एक जिम्मेवार नेताले प्रेस नोटमार्फत प्रतिक्रिया दिंदै भनेका छन्, “नयाँ कार्यसमितिबाट कुनै ढङ्गबाट पार्टी संरचना र भातृ संस्थाप्रति गरिएको पेलान अव्यवहारिक र अवैधानिक छ । यसप्रति म गम्भीर खेद प्रकट गर्दछु ।
उनले थप्दै स्पष्ट पारे, “महाधिवेशनले संगठनलाई ऊर्जा दिने, अनुशासन र निष्ठामा जोड दिने समय हो, तर अहिलेको अवस्थाहेर्दा पार्टी कार्यकर्तामा वितृष्णा र निराशा फैलिएको छ ।”

स्रोतहरूका अनुसार, नयाँ नेतृत्वले निर्णय प्रक्रियामा संस्थागत परामर्श र समावेशी सहभागिता नअपनाई ‘संकुचित गुटगत’ व्यवहारलाई प्राथमिकता दिएको आरोप लागेको छ । भातृ संस्थाहरूको कार्यक्षेत्रमा मनोमानी हस्तक्षेप गरिएको तथा तल्लो तहका नेताहरूको आवाज सुनुवाइ नभएको गुनासो व्यापक रूपमा उठेको छ ।

पार्टीभित्र यो असन्तोषले आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठाएको छ । धेरै कार्यकर्ताहरूले नेतृत्वलाई आत्मसमीक्षा गर्न आह्वान गरिरहेका छन् ।

राजनीतिक विश्लेषकहरू भन्छन्—“नेपाली कांग्रेसजस्तो पुरानो र लोकतान्त्रिक पार्टीमा यस्ता आन्तरिक असमझदारी समाधान नगरे गम्भीर संगठनात्मक असर पर्ने सम्भावना रहन्छ ।” यो सर्वत्र विघटनको खतराबाट कांग्रेस बर्दिया जिल्ला पनि अछुतो बन्न सकेन ।

सम्बन्धित
Loading...