कोहलपुरमा भीषण आगलागी : शुभलक्ष्मी फेन्सी स्टोरमा ५० लाख बराबरको क्षति

0 14

७ वैशाख, बाँके । कोहलपुर नगरपालिका–११ स्थित धिताल पम्प नजिक रहेको शुभलक्ष्मी फेन्सी स्टोरमा आइतबार बिहान भीषण आगलागी हुँदा पसलमा रहेका सामान जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

स्थानीयका अनुसार बिहान करिब ७ बजेतिर आगलागी सुरु भएको थियो । आगो फैलँदै जाँदा स्टोरमा रहेका लत्ताकपडा, श्रृंगार सामग्री, इलेक्ट्रोनिक सामान लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । आगो निभाउन दमकल प्रयोग गरिएको थियो भने स्थानीयवासी, सुरक्षाकर्मी र बारुणयन्त्रको सहयोगमा करीब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा ल्याइएको हो ।

पसल सञ्चालकले आगलागीको कारण विद्युत सर्ट सर्किट हुनसक्ने आशंका व्यक्त गरेका छन् । घटनाको यथार्थ कारण भने अनुसन्धानपछि मात्र पुष्टि हुने जनाइएको छ ।

स्थानीय प्रशासनले पूर्ण विवरण संकलन कार्य जारी राखेको छ भने पीडितलाई आवश्यक सहयोगका लागि पहल सुरु गरिएको जानकारी दिएको छ ।

सम्बन्धित
Loading...