नेपालमा अस्थिरता मच्चाउन विदेशी षड्यन्त्र: वामरुपक र राजावादी शक्तिको प्रयोगमार्फत दुर्घटनातर्फ देश लैजाने प्रयास

0 5

७ वैशाख, काठमाडौ । नेपालमा पछिल्ला राजनीतिक घटनाक्रमहरूलाई विश्लेषण गर्दा देशभित्र व्यापक अस्थिरता सिर्जना गर्न बाह्य शक्ति केन्द्रहरूको गम्भीर चलखेल देखिएको छ । विशेषतः वामरुपक शक्तिहरू र राजावादी धाराका समूहहरूको प्रयोग गर्दै ती शक्ति केन्द्रहरूले नेपालको राष्ट्रिय अखण्डता र सामाजिक स्थायित्वमा घात पुर्‍याउने षड्यन्त्र बुन्दै आएको स्रोतले जनाएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस्ता शक्तिहरूले वैचारिक भ्रम सिर्जना गरेर जनता बीच द्वन्द्व चर्काउने र अन्ततः देशलाई ठुलो दुर्घटनातर्फ धकेल्ने रणनीति अपनाइरहेका छन् । वामरुपी आवरणमा क्रान्तिकारी नारा दिने तर व्यवहारमा जनविरोधी र प्रतिक्रियावादी कदम चाल्ने समूहहरू बढ्दो छन् । अर्कोतर्फ, राजसंस्थाको पुनर्स्थापना भन्दै सडकमा उत्रिने तत्वहरू पनि विदेशी रणनीतिको अंशका रूपमा परिचालित भएको देखिन्छ ।

स्रोतहरूका अनुसार, दक्षिण र पश्चिमका केही विदेशी केन्द्रहरू नेपाललाई एक असफल राज्यको मोडेल बनाउँदै आफ्नो राजनीतिक, आर्थिक तथा सैन्य प्रभाव विस्तार गर्दै आएका छ्न । यसका लागि उनीहरूले राष्ट्रिय राजनीतिक मञ्चहरूमा विश्वास गुमाउन, विभाजन चर्काउन र राष्ट्रको अस्तित्व नै निषेध गर्ने रणनीतिका साथ आएका छन् ।

यस सन्दर्भमा राष्ट्रिय चेतना, वैचारिक स्पष्टता र जनस्तरबाट सजगता आवश्यक रहेको बौद्धिक वृत्तले औंल्याएका छन् । मुलुकको भूराजनीतिक भविष्य र वर्गीय मुक्ति सुनिश्चित गर्न सबै क्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील, देशभक्त र जनपक्षीय शक्तिहरूले एकीकृत मोर्चा बनाउँदै जनताको बीचमा सत्य उजागर गर्नु समयको माग भएको विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित
Loading...