कश्मीर आक्रमणमा मारिए बुटवलका इन्जिनियरिङ अध्यनरत विद्यार्थी

0 1

१० वैशाख, रुपन्देही । बुटवलका एक युवक भारत प्रशासित जम्मु कश्मीरको पहलगामस्थित बैसारन उपत्यकामा भएको सशस्त्र आक्रमणमा परि मारिएको पुष्टि भएको छ । उनी धरानस्थित एक इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भारतको जम्मु कश्मीरमा भएको हमलामा ज्यान गुमाउने सुदीप न्यौपाने हुन ।

घटना भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार दिउँसो पर्यटक बोकेको बसमा भएको आक्रमणमा २७ जनाको ज्यान गएको थियो । लश्कर-ए-तैयबा सम्वद्ध सशस्त्र समूहले आक्रमणको जिम्मा लिएको बताइएको छ । यसरी प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले बस रोकेर यात्रुहरूको नाम सोधी गोली चलाएका थिए ।

नेपालबाट कश्मीर घुम्न गएका ती युवक आफ्ना साथीहरूसँग पर्यटकका रूपमा यात्रा गरिरहेका थिए । सुरक्षाका दृष्टिले संवेदनशील मानिने सो क्षेत्रमा सधैं सुरक्षा चुनौती रहेको भए पनि यसपटकको आक्रमण विशेष तयारीसहित गरिएको देखिन्छ ।

नेपाली दूतावास र सम्बन्धित निकायहरूले घटनाको पुष्टि गर्दै आवश्यक प्रक्रियाहरू अघि बढाइरहेका छन् ।

यो घटनाले नेपालभित्र व्यापक शोक र आक्रोश उत्पन्न गराएको छ । आम नागरिकले विदेशी भूमिमा पनि नेपालीहरू सुरक्षित रहून् भन्ने अपेक्षा राखेका बेला यस्तो दु:खद घटनाले गम्भीर बनाएको छ ।

सम्बन्धित
Loading...