राष्ट्रिय पुरुष क्रिकेट क्याम्पबाट बाहिरिए मल्ल
२० वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको क्याम्पबाट अलराउण्डर कुशल मल्ल बाहिरिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजका लागि कोर क्याम्पमा ५३ खेलाडीलाई राखेको थियो ।
क्यानले शनिबार दोस्रो चरणको क्याम्प लिस्टमा २५ खेलाडीको नाम सार्वजनिक गर्दा कुशल मल्ल अटाएनन् । यस्तै देव खनाल, कोर क्याम्पमा शतक प्रहार गरेका उशान पाण्डे, उमेर समूह र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका युवा ब्याटर अर्जुन कुमाल जस्ता खेलाडी अटाएनन् ।