महिला लघुवित्तद्वारा धकधईमा दुईदिने व्यवसायिक बाख्रापालन तालिम प्रदान
रुपन्देही । महिला लघुवित्तले ग्राहक सदस्यहरुलाई दुई दिने बाख्रापालन तालिम र निशुल्क अौषधी वितरण गरेको छ । संस्थाको रुपन्देही जिल्ला स्थित धकधई शाखा कार्यालय र रोहिणी गाउँपालिकाको सहयोगमा वडा नम्बर १,२,३,४,५र ६ का १२० जना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम यहीँ बैशाख २८ र २९ गते प्रदान गरेकोे हो ।
वित्तीय संस्थासग आबद्य सदस्यहरुको आम्दानीको श्रोत बृद्घि गराउने उद्देश्यका साथ तालिम संचालन गरिएको संस्थाको आधिकारिक स्रोतले जनाएको छ।
तालिममा पशु स्वास्थ्य डाक्टर सुरेश प्रसाद मिश्रले दुईदिने तालिममा बाख्राको परिचय देखी स्थानीय र उन्नत जातमा भिन्नता, नस्लसुधारको फाईदा, बाख्राको खानपान र बास स्थान बारे जानकारी, लाग्ने रोग तथा उपचारको बारेमा जानकारी, खोपको बारेमा जानकारी, पशु बिमाको बारेमा जानकारी, स्थानीय बाख्रा पालनको महत्व, संरक्षण तथा विकाश, बजारीकरण बारे लगायतका थुप्रै बिषय बस्तुको बारेमा तालिम दिनुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाको लुम्बिनी प्रदेश अन्तर्गत सुपरिवेक्षण तथा निरीक्षण कार्यालय बुटवलका प्रमुख सन्जय कुमार चौधरी, शाखा कार्यालय बर्दघाटका प्रमुख शरद भण्डारी , शाखा कार्यालय धकधईका प्रमुख कमलेश कुमार यादव र कर्मचारी नैनसिंह बि.क. लगायतको उपस्थिति रहेको थियो ।