महिला लघुवित्तको ८१/८२ को समिक्षा र आर्थिक वर्ष ८२/८३ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठि सम्पन्न
बाँके । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको आर्थिक वर्ष २०८१/०८२ को प्रगती समिक्षा र आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठि मिति २०८२ जेष्ठ ९ र १० गते कोहलपुरमा सम्पन्न गरेको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेको आयोजनामा संस्थाको कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुख लगायत ४ वटा सुनिका प्रमुख र ३४ वटा शाखा कार्यालयका शाखा प्रमुखको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयको जोखिम विभाग प्रमुख नारायण रोका ले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले गर्नु भएको थियो ।
वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले तेस्रो त्रैमास सम्ममा लक्ष्य अनुसार प्रगती गर्ने शाखा कार्यालयलाई धन्यवाद दिदै, चौथो त्रैमाससम्मा बाँकी रहेको लक्ष्य पुरा हुने गरी काम गर्नको लागि प्रदेश कार्यालय र शाखा कार्यालयहरुलाई प्रोत्साहन गर्दै शुभकामना दिनु भएको थियो । साथै शाखाको लक्ष्य पुरा गर्न शाखामा टिम स्प्रिट बनाउन आवश्यक रहेको कुरा अवगत गराउदै शाखाको टिमलाई बजमुत बनाउने काम गर्न शाखा प्रमुखलाई मार्गदर्शन गर्नु भयो ।
दुई दिनको समिक्षा तथा योजना तर्जूमा कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन विभाग, सामान्य सेवा विभाग, कर्जा असुली विभाग, आन्तरिक लेखा परिक्षण विभाग र जनशक्ति व्यवस्थापन विभागले आ–आफ्नो विभाग मातहत रहेर विभागीय प्रमुखले प्रशिक्षण गर्नु भएको थियो ।