चुरे क्याम्पस बर्दियामा स्नातक दोस्रो वर्षको परीक्षा फारम खुल्यो, विद्यार्थीहरूलाई समयमा आवेदन दिन आग्रह
९ असार, बर्दिया । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चुरे क्याम्पसले स्नातक तह दोस्रो वर्ष (आंशिक) परीक्षा फारम भर्न सम्बन्धी सूचना जारी गरेको छ ।
क्याम्पस प्रशासनले २०७३ देखि २०७८ सम्मको स्नातक दोस्रो वर्षको शिक्षा, मानविकी र व्यवस्थापन संकायमा आंशिक रुपमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई २०८२असार २० गतेभित्र अनिवार्य रुपमा परीक्षा आवेदन फारम बुझाउन अनुरोध गरेको छ ।
यसरी क्याम्पस प्रमुख रुद्र खड्काद्वारा हस्ताक्षरित सूचनामा स्पष्ट उल्लेख गरिए अनुसार परीक्षा फारम विद्यार्थी आफैं उपस्थित भएर भर्नुपर्नेछ । फारम बुझाउँदा SLC/SEE र कक्षा १२ को प्रमाणपत्र तथा उत्तीर्णको फोटोकपी अनिवार्य पेश गर्नुपर्नेछ । दुई प्रति पासपोर्ट साइजको फोटो (सेतो पृष्ठभूमि) अनिवार्य ।
मानविकी संकायतर्फ मनोविज्ञान विषय लिएर अध्ययन गर्नेहरूले अतिरिक्त प्रयोगात्मक शुल्क समेत बुझाउनुपर्नेछ ।
क्याम्पसले परीक्षा फारम बुझाउने अन्तिम म्याद कडाइका साथ लागू हुने जानकारी गराउँदै समयमै सम्पर्क गर्न आग्रह गरेको छ । २०७३ सालको पहिलो वर्षदेखि २०७८ सम्म भर्ना भएका आंशिक विद्यार्थीहरूका लागि यो अन्तिम अवसर हुन सक्ने क्याम्पस स्रोतले जनाएको छ ।
विद्यार्थीहरूलाई थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न भनिएको छ । सूचनाअनुसार तोकिएको म्यादपछि फारम स्वीकृत नहुने कुरा पनि प्रस्ट उल्लेख गरिएको छ ।
