एसईईमा अनुत्तीर्ण विद्यार्थीका लागि त्रिभुवन माविको पूरक परीक्षा आवेदन खुला

0 6
Oplus_0

१६ असार, बर्दिया । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयले कक्षा १० (एसईई) मा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेड वृद्धि) परीक्षाको सूचना सार्वजनिक गरेको छ ।

विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी, भक्तपुरबाट जारी निर्देशनअनुसार २०७९ सालको एसईई परीक्षामा ग्रेड सुधार आवश्यक परेका (एनजी ग्रेड प्राप्त) वा विषयगत ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरूका लागि पूरक परीक्षा आवेदन खुला गरिएको हो ।

यसरी तपसिलका कागजात सहित मिति २०८२साउन १० गतेभित्र विद्यालयमा सम्पर्क गरी परीक्षा फारम भर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि सूचना सार्वजनिक गरिएको स्रोतले जनाएको छ ।

विद्यार्थीहरूले पूरक परीक्षाका लागि तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । यसरी विद्यालयले आवश्यक पर्ने कागजातहरू निम्नानुसार उल्लेख गरेको छ- प्रथमतः नियमित परीक्षाको प्रवेशपत्रको प्रतिलिपि । द्वितीय, ग्रेडसिट (वेबसाइटबाट डाउनलोड गरिएको) । तृतीय, परीक्षा शुल्क रू. ६००/- निर्धारण गरिएको छ ।

यस विषयमा थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्न विद्यालयले आग्रह गरेको छ ।प्रधानाध्यापक वामदेव ढकालद्वारा जारी सूचना अनुसार, पूरक परीक्षाको प्रक्रिया र म्यादबारे चाँडै थप विवरण प्रकाशित गरिनेछ ।

 

सम्बन्धित
Loading...