लिलाम शोषणविरुद्ध संघर्ष : प्रहरी दमन, अभियन्ताहरु रिहाको माग

0 4

१९ असार, सिराहा । सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६, सितापुरमा लघुवित्त तथा नवसामन्ती शोषणविरुद्ध भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि असुरक्षाकर्मीहरूबाट दमन भएको छ । लिलामविरोधी अभियानमा जुटेका सामाजिक अभियन्ताहरूले एक विरोध कार्यक्रमद्वारा विरोध जनाएका छन् ।

“मेरो माइक्रो फाइनान्स वित्तीय संस्था” मार्फत जबर्जस्ती गरिएको जमिन लिलामी खारेज गर्न र लिलाम प्रक्रिया तत्काल रोक्न माग गर्दै स्थानीयहरू विगत केही दिनदेखि शान्तिपूर्ण संघर्षमा उत्रिएका छन् । आन्दोलनकै क्रममा केही अभियन्ताहरूलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको र रिहा नगरेको जनाइएको छ ।

यसरी गिरफ्तार गरिएका अभियान्ताहरुको निसर्त रिहाई र आफूहरुले सारेका मागहरू पुरा नभए आन्दोलनकारीहरूले संघर्ष अझ सशक्त बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । उनीहरूका अनुसार लघुवित्तका नाममा चलिरहेको नवसामन्ती शोषण र जबर्जस्ती लिलाम प्रक्रियाले किसान र गरिब जनताको जीवन असहज बनेको छ ।

हामी शान्तिपूर्ण आन्दोलनमा छौं । यसरी जमिन लिलामी खारेज हुँदैन र शोषणकारी प्रवृत्तिहरू अन्त्य हुँदैन, तबसम्म आन्दोलन जारी रहने जनाएका छन् । यसरी आन्दोलनमा पुनः सहभागिताका लागि स्थानीय जनसमुदाय र सम्पूर्ण सचेत नागरिकहरूलाई समेत हार्दिक अपिल गरिएको छ ।

सम्बन्धित
Loading...