रवि लामिछानेको समर्थनमा सहि गरेपछि ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोसियो

0 4

२० असार, नेपालगंज । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको पक्षमा सार्वजनिक रुपमा हस्ताक्षर गरेपछि नेपालगञ्ज ट्राफिक कार्यालयका सई कमल खड्कालाई जिम्मेवारीबाट हटाइएको छ ।

स्रोतका अनुसार, लामिछानेको पक्षमा गरिएको समर्थन अभियानमा खुलेर सहि गरेपछि खड्कालाई तत्काल प्रभावबाट नेपाल प्रहरी हेडक्वाटरमा तानिएको छ । खड्काको जिम्मेवारी खोस्दै उनलाई केन्द्र तलबभत्ता बाहेक अन्य जिम्मेवारी नदिइने गरी बोलाइएको हो ।

यसरी स्रोतले सरकारी जिम्मेवारीमै बसेका सुरक्षाकर्मीले सार्वजनिक रूपमा कुनै दल वा व्यक्तिको पक्षमा उभिनु संगठनको आचरण विपरीत हो भनेको छ ।

यस घटनाले प्रहरी संगठनभित्र राजनीतिक गतिविधिमा संलग्नताको विषय फेरि एकपटक सतहमा आएको छ । लामिछानेमाथि नागरिकता प्रकरण लगायतका मुद्दामा अनुसन्धान जारी छ भने उनका समर्थकहरू विभिन्न स्थानमा दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

अध्यक्ष लामिछानेलाई नागरिकता विवादसँगै कारबाही अघि बढाइएको छ । सोही सन्दर्भमा नेपालगञ्जमा पनि समर्थन संकलन भइरहेको थियो । ट्राफिक सई खड्का स्वयंले सहि गरेको प्रमाण सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो ।

तर, समर्थकहरू भने यो कदमलाई असहिष्णुता र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भन्दै आलोचना गरिरहेका छन् । प्रहरी संगठनले भने आन्तरिक अनुशासन उल्लंघन नहुने गरी सख्त कदम चालिने बताएको छ ।

सम्बन्धित
Loading...