दशवर्षे जनयुद्धका योद्धा अब सफल व्यापारी : बर्दियाका जैनुल खाँ सुरजको प्रेरणादायी यात्रा

0 7
Oplus_34

२७ असार, बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–६, मैनापोखर निवासी जैनुल खाँ सुरज अहिले आमको व्यापार गरेर सफल व्यवसायी बनेका छन् । कुनै समय दशवर्षे जनयुद्धको प्रक्रियामा सक्रिय रहेर महत्वपूर्ण भूमिका निभाएका सुरज अहिले आर्थिक आत्मनिर्भरता र सामाजिक उदाहरणको पर्याय बनेका छन् ।

जनयुद्धले सिकाएको श्रम र संघर्षको दर्शनलाई आत्मसात गर्दै सुरजले श्रम र पूँजीको सम्बन्ध बुझ्न सकेका छन् । तीव्र अनुभव र कठोर जीवन संग्रामबाट सिकेका कुराले उनलाई जीवनमा नयाँ मोड दिएको छ । अहिले उनी विभिन्न जातजातिका गुणस्तरीय आमहरूको व्यापारमा सक्रिय छन् । जहाँ व्यवस्थापन क्षमता, इमानदारी र ग्राहक सन्तुष्टिलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

उचित मूल्य, गुणस्तरीय वस्तु र पारदर्शी व्यवहारका कारण उनले ग्राहकहरूको विश्वास जित्न सफल भएका छन् । आँपको व्यापारबाट प्राप्त आम्दानीले उनले आफ्नो परिवारको जीवनयापन मात्र होइन, सन्तानहरूको शिक्षा–दीक्षामा समेत सशक्त योगदान पुर्‍याइरहेका छन् ।

सुरज खाँको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, परिवर्तनको अभ्यासबाट उदाएको उदाहरणीय प्रेरणा हो । जनयुद्धको मैदानमा राजनीतिक संकल्प बोकेको यो व्यक्ति अहिले उत्पादन र व्यापारको माध्यमबाट समाजमा योगदान पुर्‍याइरहेका छन् ।

उनको जीवन कथाले एउटा सन्देश दिन्छ कि वर्गसंघर्षसँगै आत्मनिर्भर अर्थतन्त्र पनि बलियो बनाउन प्रयत्नरत छन् । महान उद्देश्यले अघि बढाउँछ र आत्मनिर्भरता नै सफलताको मूल आधार हो भन्ने शिक्षा दिन्छन् । उनी भन्छन्- यो उत्पादन त अनिवार्य छ । तर, हाम्रो बाध्यताल आँप उत्पादन र व्यापारमा लागिएको छ । तर, राजनीतिक परिवर्तन बिना केही हुँदैन ।

सम्बन्धित
Loading...