स्वदेशमै सपना बुनेका श्याम चौधरी: मैनापोखरका एक प्रेरक संघर्ष गाथा
२७ असार, बर्दिया । बर्दिया जिल्लाको मैनापोखर बजारमा देशमा केही गर्न सकिँदैन भन्ने धारणालाई श्याम चौधरीले व्यावहारिक रूपमा खण्डन गरेका छन् । एउटा सानो सटरबाट सुरु भएको उनको संघर्षको यात्रा आज प्रेरणाको स्रोत बनेको छ ।
दैनिक श्रमको पसिनाबाट उठेका चौधरी अहिले मैनापोखर बजारमा पूजा आर्ट नामक व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । यो कलाकारितासँग जोडिएको व्यवसायमा उनले केवल आफैंलाई आत्मनिर्भर बनाएका छैनन्, घरका अन्य सदस्यहरूलाई समेत रोजगारी दिएका छन् । युवावस्थामै मेहनत, लगनशीलता र आत्मविश्वासको बलमा उनले व्यवसायिक सफलता मात्रै हासिल गरेनन्, बरु गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिएका छन् ।
देशबाहिर गइसके मात्र जीवन निर्माण हुन्छ भन्ने सोच आम युवा पुस्तामा फैलिएको बेला श्यामले आफ्नो जीवनबाटै देखाएका छन् । यसरी हिम्मत, लगन र श्रमले चाहिँ स्वदेशमै सपनाहरु साकार पार्न सकिन्छ ।
उनको कला, आत्मबल र व्यावसायिक दूरदृष्टिले मैनापोखरका युवाहरूमा नयाँ ऊर्जा र सम्भावनाको चेत जगाइरहेको छ । खासगरी थोरै लगानी तथा सानो सटरको रंग र रेखाले अब अनेक सपना कोर्न थालेको छ । यसरी श्याम चौधरी स्थानीय सृजनाको एउटा उदाहरण बनेर कार्य सम्पादनमा व्यस्त छन् ।