सी गार्मेन्ट: आत्मनिर्भरता र नेपाली फेसनको पहिचान
३० असार, कपिलवस्तु । स्वदेशमै रोजगारी, स्वदेशमै पहिचान भन्ने नारालाई आत्मसात् गर्दै ‘सी गार्मेन्ट’ले शिवराज नगरपालिका–१ मा नेपाली युवाहरूको आत्मनिर्भरता र स्वरोजगारको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा सञ्चालनमा आएको यस सी गार्मेन्टले लेडिज, जेन्ट्स, अफिसियल ड्रेस, स्कूल युनिफर्म, कोट, सर्ट, पाइन्ट, टिसर्ट, कुर्ता लगायतका पोशाकहरू उत्पादन तथा सिलाइ सेवा प्रदान गर्दै आएको छ । ग्राहकको रोजाइ र नापअनुसार तयार गरिने डिजाइनर कपडाहरूले यहाँको सेवा अझ विशेष बनाएको छ ।
सी गार्मेन्ट नाफा मात्र होइन, स्थानीय सीप, रोजगारी र फेसन उद्योगको प्रोत्साहनलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ । यस गार्मेन्टको सञ्चालकका अनुसार विदेश नजाने हो भने पनि आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उदाहरण हामी आफै बन्न सक्छौं ।
नेपालमै उत्पादन गरिएका गुणस्तरीय पोशाकहरूमा आधुनिकता र संस्कृतिको संयोजन गर्दै सी गार्मेन्टले आत्मनिर्भर अर्थतन्त्रको आत्मबल बोकेको छ । यसले सीप सिकेर आत्मनिर्भर बन्ने सन्देश प्रवाह गरेको छ ।