“इतिहास बनाएको माओवादी अब भविष्य कोर्न सक्षम छ” – संसदमा प्रचण्डको प्रखर चेतावनी

0 6
Oplus_0

३१ असार, काठमाडौं । संसदको आजको विशेष बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सत्तापक्षमाथि कडा प्रहार गर्दै माओवादी आन्दोलनले मात्र देशको भविष्य कोर्न सक्ने विश्वास व्यक्त गरे ।

दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संसदमा सम्बोधन गर्दै समसामयिक राजनीतिक अन्योल, फैलिँदो भ्रष्टाचार, संसदभित्रको वेथिति र प्राकृतिक विपद्‌मा सरकारको उदासीनता जस्ता विषयमा तीव्र असन्तोष प्रकट गरे ।

हामी इतिहास बनाउँदै यहाँसम्म आइपुगेका छौँ, प्रचण्डले भने अबको चुनौती भविष्य निर्माण हो । त्यो खाका कोर्न माओवादी सक्षम र तयार छ ।

उनले मुलुकका विभिन्न भागमा बाढी–पहिरोबाट जनधनको भयावह क्षति भइरहँदा पनि सरकार निरीह बनेको, राहत तथा उद्धारमा राजनीतिक भेदभाव गरिएको आरोप लगाए । साथै, भ्रष्टाचारविरोधी अभियानमा सत्ताले लिएको दोहोरो मापदण्डप्रति आपत्ति जनाउँदै उनले भने कसैको स्वार्थअनुसार न्याय र अनुसन्धान चल्ने हो भने त्यो लोकतन्त्रको अपमान हो ।

संसदमा बारम्बार देखिएको अव्यवस्था र अकर्मण्यताप्रति पनि प्रचण्डले आलोचनात्मक स्वरमा प्रश्न उठाए । उनको सम्बोधनले संसदमा सन्नाटा छाउने गरी वातावरण गम्भीर बनाएको थियो । यसरी विश्लेषकहरूले भने प्रचण्डको यो वक्तव्यलाई भावी संसदीय राजनीतिक मोर्चाबन्दीको नयाँ समीकरणको संकेतका रूपमा पनि लिएका छन् ।

सम्बन्धित
Loading...