बाँकेका शैक्षिक योद्धा जगदम्बा प्रसाद पाठक : “राज्य नबदली शिक्षामा गुणस्तर आउँदैन”

0 6
Oplus_34

२३ असार, बाँके । बाँके जिल्लाको खजुरा-४, खुर्दखजुरामा जन्मिएका शिक्षाविद् जगदम्बा प्रसाद पाठक नेपाली शिक्षा क्षेत्रका एक जिउँदो इतिहास हुन् । बाबाकुटीस्थित आफ्नै घरमा बसेर शिक्षा प्रणालीका विकृति, विसंगति र सुधारको खाका कोर्दै आएका पाठकले राज्य सत्ता र शैक्षिक संकटबीचको अन्तरसम्बन्धमाथि गहिरो विश्लेषण गरेका छन् ।

पाठकका अनुसार नेपालको शिक्षा प्रणाली तीन मुख्य समस्याबाट ग्रसित छ- पहिलो, नेतृत्वले शैक्षिक व्यवस्थापन होइन, व्यक्तिगत र राजनीतिक लाभतर्फ ध्यान दिने प्रवृत्तिले शिक्षा क्षेत्रलाई उपेक्षित बनाएको छ ।
दोस्रो, संस्थागत र सामुदायिक विद्यालयबीचको दोहोरो शिक्षा प्रणालीले वर्गीय विभेद सिर्जना गर्दै गुणस्तरीय शिक्षामा खाडल खनिएको छ । यो प्रणालीलाई उनले “विभेदकारी, असमान र अवैज्ञानिक” भनेका छन् ।
तेस्रो, पाठ्यपुस्तकको स्तरमै गम्भीर असमानता देखिन्छ । सामुदायिक विद्यालयमा अझै अक्षर चिनाउने तहबाट सुरु हुने पढाइ, संस्थागत विद्यालयमा भने शब्द र तर्कसंगत आधारमा सुरु हुन्छ, जसले विद्यार्थीसँगै समाजमा नै असमानता जन्माएको उनले तर्क गर्छन् ।

राज्य संरचना परिवर्तनविना सुधार सम्भव छैन
पाठकको ठम्याइमा-जबसम्म राज्यसत्ताको चरित्र परिवर्तन हुँदैन, तबसम्म शिक्षा क्षेत्रको आमूल परिवर्तन सम्भव छैन । उनी भन्छन्-शिक्षा नीति राज्यसत्ता र शासनशैलीसँग गाँसिएको विषय हो । यो सत्ता परिवर्तन नभएसम्म टालटुल नीति मात्रै दोहोरिन्छ ।

बाँकेकै भूमिमा बसेर शैक्षिक क्षेत्रमा स्थानीय स्तरको चेतना फैलाउने पाठकजस्ता व्यक्तित्व हाम्रो समाजमा प्रेरणाका स्रोत हुन् । राज्यले यिनको अनुभूति र सुझावलाई सुन्ने हो भने, शिक्षा क्षेत्रमा परिवर्तन असम्भव छैन

सम्बन्धित
Loading...