स्वास्थ्य बीमा उपयोग गर्न पुगेका ८४ वर्षीय वृद्धलाई मेडिकल कलेजको असंवेदनशील व्यवहार, अप्रेसन रोकियो

0 5
Oplus_0

२ श्रावण, बर्दिया । नेपाल सरकारले दिएको स्वास्थ्य बीमा सेवा अनुसार उपचार गराउन कोहलपुर मेडिकल कलेज पुगेका ८४ वर्षीय वृद्ध धर्मभक्त ढकाल अस्पताल प्रशासनको असंवेदनशील व्यवहारबाट मर्माहित भएका छन् ।

उमेरकै कारण अस्वस्थ रहेका ढकाललाई उपचारका लागि अस्पताल लगे पनि मेडिकल कलेज प्रशासनले छोरा वा भाइजस्तै नातेदारले जिम्मेवारी नलिएसम्म अप्रेसन नगर्ने स्पष्ट धारणा राखेपछि उनी आक्रोशित बनेका हुन् ।

स्वास्थ्य बीमाको भरमा आएको बिरामीलाई यति असहज र अविश्वासका साथ व्यवहार गरिन्छ भने गरिब जनताको उपचार कसरी हुन्छ? ढकालले प्रश्न गरे ।ढकालले अस्पताल परिसरमै स्वास्थ्य बीमाप्रति समेत उपेक्षापूर्ण व्यवहार गरिएको आरोप लगाउँदै सरकारलाई जवाफदेही बन्न माग गरेका छन् ।

यस घटनाले सरकारी बीमा कार्यक्रमप्रति अस्पतालहरूको व्यवहार र निगरानीको विषयमा गम्भीर प्रश्न उठाएको छ । नेपाल सरकारले नागरिकका लागि वार्षिक बीमा कार्यक्रममार्फत १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा दिने घोषणा गरेको भए पनि अस्पतालहरूले अझै पनि बीमाप्रति गम्भीरता नदिएको यस घटनाले देखाएको छ ।

सम्बन्धित
Loading...