जानकी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण, सेवाग्राही सन्तुष्ट

0 6
Oplus_0

६ श्रावण, बाँके । बाँके जिल्लाको जानकी गाउँपालिकाले शुक्रबार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । भत्ता वितरण कार्यक्रममा सेवा सरल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ लाभग्राहीहरूलाई गाउँपालिकाको कार्यालयमै बोलाएर भौतिक रूपमा वितरण गरिएको हो ।

गाउँपालिकाले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरू लगायत सामाजिक सुरक्षाको दायरामा पर्ने सबै श्रेणीका लाभग्राहीहरूलाई निर्धारित मापदण्डअनुसार भत्ता उपलब्ध गराएको छ । वितरणका क्रममा सेवा लिनेहरूले सहज र शीघ्र सेवा पाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् ।

गाउँपालिका स्रोतका अनुसार सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने हाम्रो प्रयास हो । यसरी सेवाग्राहीको अधिकार उनीहरूको हातमै पुर्‍याउन सम्बन्धित पक्ष निरन्तर लागिपरेको बताइएको छ ।

कार्यक्रममा वडाध्यक्षहरु, गाउँपालिका तथा स्थानीय कर्मचारी तथा स्थानीय अगुवाहरूको सक्रियता रहेको छ । यसरी भत्ता वितरणका क्रममा कुनै अव्यवस्था नहोस् भनेर सुरक्षाकर्मीहरूको समेत व्यवस्था गरिएको थियो ।

गाउँपालिकाले आगामी दिनमा सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रविधिमैत्री बनाउँदै डिजिटल प्रणालीमार्फत वितरण प्रणालीलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित
Loading...