मैनापोखरमा सिमलको रुख घरको छतमा खस्दा तनाव : पीडित भन्छन् – जीवनको कमाई घरमा लगाएँ, सपना भत्कियो

0 5
oppo_2

६ श्रावण, बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित बाँसगढी जाने सडकछेउमा एक दुर्भाग्यपूर्ण घटना घटेको छ । केही समयअघि मात्र घर निर्माण गरिसकेका स्थानीय राजेश चौधरीको नयाँ घरको छतमा छिमेकी मखनलाल चौधरीले काटेको सिमलको रुख खस्दा तनाव उत्पन्न भएको छ ।

राजेश चौधरी जो एक सामान्य कर्मचारी हुन्, अहिले गहिरो मानसिक तनावमा छन् । उनका अनुसार उनले जीवनभरको कमाई एकपटककै लागि बनाएको घरमा खर्च गरेका थिए, तर अझै फिनिसिङ बाँकी रहँदै घरको छतमा रुख खस्दा ठूलो क्षति पुगेको छ ।

एउटा सामान्य कर्मचारीले जीवनमा एकपटक मात्रै घर बनाउन सक्छ । मैले जीवनभर कमाएको सम्पत्ति यही घरमा लगाए । तर अब फेरि यस्तो क्षतिपछि घर बनाउने हैसियत छैन । यसरी चौधरीले भावुक हुँदै भने-सपना देखेँ, तर त्यसमा छिमेकीको लापरवाहीले चोट पुर्‍यायो ।

उक्त घटना साउन ३ गते घटेको हो । तर चौधरीको भनाइमा छिमेकी मखनलालको गल्ती स्पष्ट हुँदाहुँदै समाज पनि उनको पक्षमा उभिएको छ । आफ्नो पसिना पोखेर घर बनाए, तर घटना हुँदा समाज उल्टै मलाई दोषी ठहर्याउन खोज्छ उनले भने ।

दुई छिमेकीबीचको सम्बन्धमा देखिएको यो तनाव सामाजिक तहमा समाधान नखोजिए थप विवाद गहिरिन सक्ने स्थानीयले बताएका छन् । यस घटनाले केवल संरचनागत क्षति मात्र होइन, सामाजिक सम्बन्धमा पनि दरार ल्याएको देखिन्छ ।

समाजमा सामान्य नागरिकले जीवनभरको कमाईले बनाएको घरमा यसरी क्षति पुग्नु गम्भीर विषय हो । यसले एकातिर व्यक्तिगत सपना चकनाचुर बनाउँछ भने अर्कातिर सामाजिक न्यायप्रतिको विश्वासमा पनि आघात पुर्‍याउँछ । छिमेकीको लापरवाही र त्यसपछि उत्पन्न सामाजिक विभाजनले मैनापोखरको यो सानो घटना एक गहिरो सामाजिक विमर्शको विषय बन्न पुगेको छ ।

सम्बन्धित
Loading...