जगनाथ जैशी भारतको उदयपुरबाट बेपत्ता, परिवारद्वारा सकुशल फिर्तीको अपेक्षा
९ साउन, अछाम । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका-८, साविक धमाली गाविस-६ स्थायी घरभई हाल कैलाली जिल्लाको लम्किचुवा नगरपालिका वडा नं. ४ स्थित सुन्दर बस्तीमा बसोबास गर्दै आएका ५२ वर्षीय जगनाथ जैशी भारतको राजस्थान स्थित उदयपुरबाट बेपत्ता भएका छन् ।
पारिवारिक स्रोतका अनुसार उनी रोजगारीको सिलसिलामा भारतको राजस्थान राज्य अन्तर्गतको उदयपुरस्थित खम्पुरा क्षेत्र गएका थिए । तर केही दिनदेखि उनीसँग सम्पर्कविहीन भएको र उनी बेपत्ता भएको परिवारले जानकारी दिएको छ ।
बेपत्ता भएका जैशीलाई फेला पार्न सहयोग गर्न परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ । साथै, उहाँलाई देख्नु हुने वा उहाँबारे कुनै जानकारी हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन पनि आग्रह गरिएको छ ।
परिवारको चिन्ता गहिरिँदै गएको छ भने जैशीको सकुशल फिर्तीको अपेक्षा राखिएको छ । बेपत्ता व्यक्तिको बारेमा कुनै जानकारी भएमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरिएको छ ।