सुदन किरातीको स्पष्ट भनाइ: पार्टी रूपान्तरण चाहन्छ, तर विभाजन होइन

0 5
Oplus_0

१४ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसञ्चारमन्त्री सुदन किरातीले आफू पार्टी विभाजनको पक्षमा नभएको प्रष्ट पारेका छन् । उनले पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि कठोर सत्य र गम्भीर आत्मससीक्षा आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन् ।

म पार्टी विभाजनको पक्षमा किमार्थ छैन तर किरातीले भने- यो पार्टीले हामीलाई जनतासँग जोडेका अमूल्य अनुभव, विश्वास र सपना दिएको छ । त्यसलाई तोड्ने होइन, पुनर्जागरण गर्ने खाँचो हो ।

किरातीले माओवादी आन्दोलनको इतिहास र योगदानमाथि गौरव गर्दै केही मूल नेतृत्वको पलायनबारे पनि प्रश्न उठाएका छन् । यसरी पार्टी भित्र जनवाद छ भनिरहँदा मोहन वैद्य, बाबुराम भट्टराईजस्ता ब्राण्ड नेताहरू किन र कसरी पार्टी बाहिरिंदै गए ? यो प्रश्नको जवाफ खोजिनु जरुरी छ उनले भने ।

पार्टीले कारबाही गरेमा के गर्ने ? भन्ने प्रश्नमा किरातीको जवाफ अझ चर्को थियो– पार्टी रूपान्तरणको निम्ति जस्तोसुकै कारबाही भोग्न तयार छु । सेतो टोपी लगाएर गाउँगाउँमा श्रम शिविरमा जान तयार छु । तर पार्टी छोडिँदैन ।

उनको भनाइले हाल माओवादी केन्द्रभित्र चलिरहेको बहस र आन्तरिक द्वन्द्वमा विचारशील हस्तक्षेपको सङ्केत दिएको छ । किरातीले सुधारको नाममा हुने अवसरवादी छलाङ होइन, मूल्य–मान्यताको पुनर्स्थापनाका लागि सांगठानिक, वैचारिक र राजनीतिक रूपान्तरण आवश्यक रहेको धारणा प्रस्तुत गरे ।

किरातीको भनाइबाट स्पष्ट छ– उनी विद्रोही चेतनासँग खडा भएर विभाजन होइन कि रूपान्तरणको पक्षमा छन् । सुदन किराती अहिले माओवादी आन्दोलनभित्रको भविष्यलाई लिएर गम्भीर प्रश्नहरू उठाउँदै, विद्रोह होइन आत्मशुद्धिको बाटो समाउन आग्रह गरिरहेका छन् ।

 

सम्बन्धित
Loading...